विकाश घिमिरे
झापा, बैशाख २० । जिल्ला प्रशासन कार्यालय झापाले निषेध आज्ञाको घोषणा गरेसंगै झापामा पनि त्यसको प्रभाव सकारात्मक देखिएको छ । बिहान ६ः०० बजे देखी ११ः०० बजेसम्म बजेसम्म खाद्यान्न र तरकारी र अन्य पसलहरु खुलेपनि दिउँसो पुर्णरुपमा बन्द भएका छ्न । नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोलीले ११ बजेपछि फाट्टफुट्ट खुलेका पसलहरु पनि बन्द गराएपछि निषेध आज्ञा दिउँसो पुर्णरुपमा पालना भएको स्थानीयले बताएका छन् । पसलहरु पुर्ण रुपमा बन्द भएपनि बैंक तथा बित्तीय संस्थाहरु र औषधि पसलहरु नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्ड पालना गरि खोले भने सवारी साधनहरु जोर विजोर प्रणाली अनुसार संचालन मै रहेको पाइयो भने नियम उल्लंघन गर्ने सवारी साधन लाई भने प्रहरीहरु ले नियन्त्रणमा लिएका छन् । झापाका सबै क्षेत्रमा निषेध आज्ञाको अघिल्लो दिन देखि नै माइकिङ गरि निषेध आज्ञाको पालना गर्न अनुरोध गरेको थियो ।
कोभिड–१९ को नियन्त्रण तथा रोमथामका लागि सरकारले लागू गरेको निषेधाज्ञाको पहिलो दिन, झापाका केहि ठाउँको फोटो फिचर
फोटोः बिकाश घिमिरे

Damak



Damak 
Damak 
Damak 
Damak 
Damak 
Damak

Padajugi 
Padajugi 
Padajugi

Kerkha 
kerkha 
kerkha

Birthmode
Birthmode
Birthmode

