काठमाडौं, बैशाख २२ । नेपालमा पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ पुगेको छ ।
बुधबार संक्रमण पुष्टि हुनेहरूमा पीसीआर विधिबाट ८६०५ र एन्टिजेन विधिबाट ५४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । त्यस्तै, १ हजार ९९३ जना संक्रमितहरु निको भएका छन् ।

