काठमाडौं, बैशाख २३ । पछिल्लो २४ घण्टामा नेपालमा थप ९ हजार ७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएको यो संख्या हालसम्मकै उच्च रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय जनाएको छ ।
यसअघि बुधबार देशभर ८६५९ जनामा संक्रमण पुष्टि भएको थियो भने ५६ जनाको मृत्यु भएको थियो । यसै गरी पछिल्लो २४ घण्टामा थप ५४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ५२९ पुगेको छ ।
पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

