झापा, बैशाख २३ । झापामा पछिल्लो २४ घण्टामा थप १९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज संक्रमण पुष्टि हुनेहरूमा ८७ महिला र १०३ पुरूष रहेकाे स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
चम्लागाईका अनुसार संक्रमित हुनेहरूमा दमकका ६४, विर्तामोड २२, गौरादह २, मेचीनगर २२, भद्रपुर ११, कनकाई १२, अर्जुनधारा ४, बुद्धशान्ती ४, गौरीगञ्ज १७, कमल २२, शिवसताक्षी ६, झापा गाँउपालीकामा ३ र ठेगाना नखुलेको १ जना महिला रहेकी छिन् ।
त्यसैगरी झापामा कोरोना संक्रमणका कारण आज थप दुई जना पुरूषको मृत्युु भएको छ । मृत्यु हुनेमा दमक – ३ का ५३ बर्षीय पुरूष र मेचीनगर-६ का ४८ बर्षीय पुरूष रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
झापामा कुल संक्रमितको संख्या ५ हजार ७९० पुगेको छ भने मृत्यहुनेको संख्या १४४ पुगेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।


