संघ \संस्था

झापाका यी पालिकाहरुमा भोलि दिनभर विद्युत अवरुद्ध हुने

झापा, बैशाख ३१ । झापाको मेचीनगर र बुद्धशान्तिमा शनिबार (भोलि) लामो समय विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धुलावारी वितरण केन्द्रले दिएको जानकारीमा ९ घण्टा विद्युत प्रसारण बन्द हुनेछ ।

नेपाल बिद्युत प्राधिकरण धुलाबारी ३३/११ के.भी. सबस्टेशनको पावर ट्रान्सफर्मरको मर्मत तथा नयाँ सिटि जडान गर्नु पर्ने भएकाले मेचीनगर नगरपालिका तथा बुद्धशान्ति गाउँपालिका क्षेत्रका सबै स्थानमा विद्युत आपूर्ती बन्द हुने जनाएको छ ।

साथै काम सम्पन्न भएको खण्डमा जुनसुकै समयमा विद्युत प्रवाह सूचारु गरिनेसमेत वितरण केन्द्रले जनाएको छ ।