अर्थ

निषेधाज्ञा उल्लंघन गर्ने बसलाई पाँच हजार जरिवाना

झापा, जेठ २६ । निषेधाज्ञा उल्लंघन गर्ने सार्वजनिक बसलाई कारवाही गरिएको छ । मंगलवार विहान बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं.को यात्रु बाहक बस कारवाही गरिएको झापा प्रहरीले जनाएको छ ।

दमक –४ स्थित अस्थायी प्रहरी पोष्ट ताराबारीले चेक जाँच गर्ने क्रममा रोक्न खोज्दा जबर जस्ती भागेको उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी टोलीले दमक बसपार्कमा रोकेको थियो । बसलाई चेकजाँच गर्दा बिना पास २३ जना यात्रुहरु चढाई ल्याउदै गरेको प्रहरीको भनाई छ ।

उक्त बसले बिश्वब्यापी रुपमा फैलिएको माहमारी नियन्त्रण रोकथामको लागि नेपाल सरकारले लगाएको निषेधाज्ञाको उल्लंघन गरेको पाईएकोले बस तथा बस चालकलाई संक्रामक रोग ऐन अन्तरगत आवश्यक कार्बाहीको लागि संकट व्यवस्थापन अध्यादेशको दफा २१ बमोजिम जिल्ला प्रशासन कार्यालय झापा भद्रपुरमा पठाईएकोमा चालक लाई पाँच हजार रुपैयाँ जरिवाना गरि छाडिएको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।