स्वास्थ्य

उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै हलेसी मेडिकल हल धुलाबारी

मेचीनगर, असार १ । झापाको मेचीनगर ९ स्थित धुलाबारी बजार सिरानमा रहेको हलेसी मेडिकल हलले असार १ गते मंगलबारदेखी विगतमा जस्तै गरि उपचार सेवा सञ्चालन गर्ने जनाएको छ ।

कोभिड महामारीका कारण रोकिएका कतिपय सेवा समेत आजदेखी पुनःसञ्चालनमा ल्याईएको हलेसी मेडिकल हलका सञ्चालक सोम ओझाले जानकारी दिए ।

बिगत लामो समयदेखि स्थानीय क्षेत्रमा सर्वसुलभ मुल्यमा उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको हलेसी मेडिकल हलले ओपीडी अन्तर्गतका सबै सेवा शुरु गरिएको जनाएको छ ।

२४ शैं घण्टा ल्यव, जनरल फिजिसियन सेवा रहेको हलेसी मेडिकल हलमा अब फिजियोथेरापी सेवा पनि प्रत्येक दिन बिहान ७ बजेदेखि १० बजेसम्म र दिउँसो ३ बजेदेखि ५:३० बजेसम्म सेवा सञ्चालन भईरहेको छ ।