बाहुण्डाँगी । अर्जुनधारा जेसीजको वर्ष २०२२ को जेसीज सप्ताह बिहिवार सम्पन्न भएको छ ।
सप्ताह समापनको अवसर पारेर शाखाबाट स्थानीय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको थियो । सम्मानित हुनेहरुमा अर्जुधारा नगरपालिकाका मेयर तथा अर्जुनधारा जेसीजका संस्थापक कार्यकारीणी उपाध्यक्ष बलदेव गोम्देन, वडा नम्बर ६ का वडा अध्यक्ष हरिषचन्द्र बास्तोला, वडा नम्बर १० का अध्यक्ष भुपेन्द्र न्यौपाने, वडा नम्बर ९ का वडा अध्यक्षलगायतलाई सम्मान गरेको थियो ।

संस्थाका अध्यक्ष भीमबहादुर कुवँरको सभापतित्व तथा अर्जुनधारा नगरपालिकाका मेयर बलदेव गोम्देनको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल जेसीजका राष्टिय उपाध्यक्ष राजिप प्रसाई, शाखाका संस्थापक अध्यक्ष इन्दीवर खड्का, वडा नम्बर १० का अध्यक्ष भुपेन्द्र न्पौपाने, वडा नम्बर ६ का वडा अध्यक्ष हरिषचन्द्र बास्तोला, विरता लेडी जेसीजकी निवर्तमान अध्यक्ष स्वस्तिका आचार्यलगायतले बोलेका थिए ।
कार्यकारीणी उपाध्यक्ष तथा कार्यक्रम संयोजक विमला भट्टराईले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव बरुण माझीले गर्नु भएको थियो ।





