झापा, असार २ । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ मा निमार्ण गर्न लागिएको स्वास्थ्य चौकी भवनका लागि स्थानिय तिम्सिना परिवारले ८८ लाख मूल्य बराबरको जग्गा दान गरेकाछन् ।

मेचीनगर ८ का स्थानिय दिलप्रसाद र किशोर तिम्सिनाले आफ्ना पिता र माता शम्भुप्रसाद र सीता तिम्सिनाको स्मरणमा सो जग्गा भवन निमार्णका लागि प्रदान गर्ने निणर्य गरेका हुन् । मेनपा ८ मा निमार्ण गर्न लागिएको स्वास्थ्य चौकी भवनका लागि चलन चल्तीको मूल्य ८८ लाख बराबरको ४ कठ्ठा जग्गा दिने निणर्य गरेका कार्यबाहक वडाध्यक्ष सन्तोष मेचेले बताए ।
संघिय सरकारबाट स्वास्थ्य मन्त्रालय मार्फत उक्त भवन निमार्णका लागि २८ लाख रकम छुट्टिएको र स्वास्थ्य चौकी भवन असारको दोस्रो साताबाट निमार्ण प्रारम्भ गरिने मेचेले जनाएकाछन् । सो स्वास्थ्य चौकी सुचार भएपछि स्थानिय टोकला चिया बगान, नकलबन्दा चिया बगानमा रहेका मजदुर परिवार तथा स्थानिय आसपास क्षेत्रका करिब १२ सय घरपरिवार स्वास्थ सेवाबाट लाभान्वित हुने मेचेले बताए ।

