स्वास्थ्य

मेची अस्पतालमा १ सय वेड र मेनपा स्वास्थ चौकीमा ३ं० वेडको पिसिआर टेष्ट आइसोलेसन वार्ड बन्ने: सांसद बुढाथोकी

झापा, असार १ । १ नम्बर प्रदेशको सहयोगमा झापाको मेची अञ्चल अस्पताल र मेचीनगर ११ को स्वास्थ चौकीमा पिसिआर टेष्टका लागी आइसोलेसन वार्ड बन्ने भएको छ ।

प्रदेश सांसद् गोपालचन्द्र बुढाथोकीका अनुसार असार ६ गतेबाट मेची अञ्चल अस्पतालमा १ सय वेडको र स्वास्थ चौकीमा ३ं० बेडको पिसिआर टेष्टका लागी आइसोलेसन वार्ड बन्न लागेको हो । सोमबार प्रदेश सरकारले उक्त आइशोलेसन वार्ड निमार्ण गरेको बुढाथोकीले बताए ।

सांसद् बुढाथोकीका अनुसार थप आवश्यकताका आधारमा वेड थप गरिने छ भने सिमावर्ती क्षेत्रमा रहेको झापा जिल्लासँगै कोरोना संक्रमणको उच्च जोखिम क्षेत्रको रुपमा लिइन्छ । व्यवस्थित पिसिआर टेष्टका लागि आइसोलेसन वार्ड नहुदाँ संक्रमण नियन्त्रणका लागी समस्या थियो त्यसलाई मध्यनजर गरेर प्रदेश सरकारलाई आग्रह गरियो बुढाथोकीले गर्ने अब पिसआिर टेष्टका लागी समस्या कम हुनेछ । ल्याबका लागी पहिलो चरण मेची अञ्चल अस्पतालाई १५ लाख र मेचीनगर ११ को स्वास्थ चौकीलाई १० लाख तत्काल प्रदेश सरकारले पठाउने सांसद् बुढाथोकीले बताए ।

त्यसैगरी १ प्रदेश सरकारले झापाको भद्रपुरस्थित मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन उपकरण, जनशक्ति र पूर्वाधार विकासमा सहयोग गर्ने भएको छ । संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री इन्द्र आङ्वोले मेची अस्पतालको उपचार सेवालाई थप गुणस्तरीय बनाइने बताएका छन् । अर्थमन्त्री आङवोले प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार गर्दै सिटी स्क्यान, हेमोडाइलोसिस सेवा र भेन्टिलेटरसहित सघन उपचार कक्षका लागि प्रदेश सरकारले २३ करोड रुपैयाँ उपलब्ध गराउने बताए । स्थापना भएको लामो समय भए पनि पर्याप्त सरकारी चासो नपुगेको मेची अस्पतालका लागि सरकारले यति ठूलो रकम दिने घोषणा गरेको पहिलो हो ।

Leave a Reply

Your email address will not be published.