स्वास्थ्य

महासंघको समन्वयमा झापाका १६५ जना पत्रकारले लगाए कोरोना विरुद्धको खोप

झापा, असार १ । झापाका पत्रकारहरुले कोरोना भाइरस संक्रमण विरुद्धको भेरोसिल खोप लगाएका छन् ।

नेपाल पत्रकार महासंघ झापा शाखाको समन्वयमा फ्रन्टलाइनमा रहेर सूचना सम्प्रेषणमा अहोरात्र खटिने झापाका सञ्चारकर्मीले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

मंगलबार बिर्तामोड स्थित अतिथि सदनमा आयोजित खोप कार्यक्रममा जिल्लाका १ सय ६५ जना सञ्चारकर्मीले कोरोनाविरुद्धको खोप लगाएका हुन् ।

सञ्चारकर्मीहरूको स्वास्थ्यको संवेदनशीलतालाई मध्यनजर गर्दै महासंघले जिल्ला प्रशासन कार्यालय झापा र जनस्वास्थ्य कार्यालय भद्रपुरबाट उपलब्ध गरेको कोरोनाविरुद्धको खोप लगाएको महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले बताए ।