खेलकुद

युरोकप: पोर्चुगल र फ्रान्स विजयी

झापा, असार २ । १६ औं संस्करणको युरोकप फुटबल प्रतियोगितामा मंगलबार बेलुका दुई खेल भएको छ । जसमा साविक विजेता पोर्चुगल र साविक उपविजेता फ्रान्सले विजयीको सुखद सुरूवात गरेका छन् ।

मंगलबार भएको खेलमा समूह चरणको पहिलो खेलमा हंगेरीलाई ३-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले सुखद सुरुवात गरेको हो ।

पुस्कास एरिनामा पोर्चुगललाई जित दिलाउन कप्तान क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । राफायल गुइरेरोको नाममा एक गोल रह्यो ।

त्यस्तै मंगलबार राति नै भएको दोस्रो खेलमा जर्मनीलाई १-० गोल अन्तरले पराजित गर्दै फ्रान्सले सुखद सुरुवात गरेको छ ।

जर्मनीको म्युनिखस्थित एलिनाज स्टेडियममा विश्व विजेता फ्रान्सले आत्मघाती गोलको मद्दतमा जित निकालेको हो । जर्मनीका माट हुमेल्सको आत्मघाती गोलबाट फ्रान्सले महत्वपूर्ण जित निकालेको हो ।

डिफेन्डर हुमेल्सले २० औं मिनेटमा आत्मघाती गोल गरेका थिए । फ्रान्सका लुकास हर्नान्डेजको क्रस क्लियर गर्ने क्रममा उनले आफ्नै पोस्टमा गोल गरेका थिए । जुन गोल खेलको निर्णायक गोल बन्यो ।