झापा, असार ९ । झापाको मेचिनगर नगरपालिकामा रहेको सचेत युवा समुहले सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरण गरेको छ ।
सचेत युवा समुहले बुधबार प्रभावित क्षेत्र हेल्मबु गाँउपालिका वाड न .३ स्थित सिन्धुपाल्चोकको अत्याधीक क्षति पुर्याएको ठाँउमा नै पुगेर आवश्यक भाडाकुडाका सामग्री वितरण गरेको छ ।

समुहले बाढी पहिरो पिडितलाई कुकर, कराइ, थाल, पनिउ, डाडु, बटुका,चम्चा, सानो बोललगायतका सामग्री वितरण गरेको विनम सरदारले जानकारी दिए ।
सञ्चारकर्मी तथा विद्यार्थी नेता मिलन राई, विनम सरदार, सन्तोष धमला, आशिष पौडेललगायतको टोलीले हेलम्बु गाउँपालिका ३ मै पुगेर राहत वितरण गरेको हो ।



