राजनीति

राष्ट्रिय युवा संघले विपन्न परिवारको शौचालय बनाईदिदै

मेचीनगर, असार ८ । राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटिले वडाका विपन्न परिवारको शौचालय बनाईदिन थालेको छ ।

युवा संघ मेचीनगर ८ वडाकमिटिले मंगलबार टोकला बगान क्षेत्रमा मगर थरकी एक बुद्धाको घरमा शौचालय बनाउदै शो कार्यको थालनी गरेको जनाएको छ ।

राष्ट्रिय युवा संघ नेपाल मेचीनगर ८ वडाकमिटि अध्यक्ष दिपेश पाठकका अनुसार सरकारको दिशामुक्त क्षेत्र अभियानलाई सफल बनाउन शौचालय बिहिन अति विपन्न परिवारलाई शौचालय बनाईदिन थालेको जानकारी दिए ।

युवा संघ मेचिनगर कमिटीको सहयोग तथा मेचीनगर ६ वडाकमिटि अध्यक्ष गोपाल बुढाथोकीको पहलमा शौचालय निर्माण कार्य अघि बढेको आयोजकले जनाएको छ ।