झापा, असार १४ । एमाले नेता स्वर्गीय मदन भण्डारीको ७० औ जन्मजयन्तीको अवसरमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

अनेराश्वबियू भद्रपुरको आयोजनामा चन्द्रगडी सामुदायिक बन परिसरमा सयै धुपीका बिरुवा रोपेर बृक्षारोपण गरिएको आयोजक अनेरास्वबियू भद्रपुरले जनाएको छ ।
पवन धमलाको सभापतित्वमा भएको बृक्षारोपण कार्यक्रममा प्रमुख अतिथीको रूपमा प्रदेश सांसद बसन्त बानियाको उपस्थिति रहेको थियो । कार्यक्रममा हल्दीबारी गाउपालिकाका उपाध्यक्ष डंम्बर गिरी,पार्टीका नेताहरू असारू राजवंशी,हरी तिमल्सिना,रोशन लामा अनेरास्वबियूका केन्द्रीय सदस्य घनश्याम अधिकारी,शैलेस सिटौला,नरेश चुडाल,डिल्ली पोखरेल लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी स्वर्गीय भण्डारीको जन्म जयन्तीको अवसरमा राष्ट्रीय युवा संघ हल्दीबारी र अनेरास्वबियूको संयुक्त आयोजनामा हल्दीबारीमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।
शैलेन्द्र सिटौलाको सभापतित्व र प्रदेश सांसद बसन्त बानियाको प्रमुख आथितित्वमा सम्पन्न सो कार्यक्रममा १ सय १२ जनाले रक्तदान गर्नु भएको बताइएको छ ।

आजै मदन भण्डारी स्पोर्ट एकाडेमी भद्रपुर र मदन भण्डारी फाउन्डेशनको सहकार्यमा भद्रपुर ४ स्थित त्यहा रहेका अति बिपन्न दर्जनौ परिवारलाई राहत सामाग्री प्रदान गरिएको एकाडेमीका अध्यक्ष हरी तिमिल्सिनाले जानकारी दिनु भयो ।

