समाचार

छिमेकीको हत्या गर्ने साँवा पक्राउ

इलाम, असार २३ । इलाममा छिमेकीको हत्यामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भञ्ज्याङ डाँडागाउँ बस्ने बर्ष ४६ का यम बहादुर सावाँलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

बुधबार विहान करिब ७ बजेको समयमा सावाँले सोही स्थान बस्ने बर्ष ५८ को धन बहादुर राईलाई धारिलो हतियार खुकुरीले पेटमा प्रहार गरि हत्या गरेका थिए ।

घटना भएको  खबर प्राप्त हुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक किशोर तामाङको कमाण्डमा र प्रहरी चौकी गोलाखर्क बाट प्रहरी सहयाक निरीक्षकको टोली खटी गई खुकुरी प्रहार गर्ने यम बहादुर साँवालाई निजले प्रयोग गरेको खुकुरी सहित नियन्त्रणमा लिई अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।