मेचीनगर, साउन २७ । मेचीनगरमा थप दुई कोरोना संक्रमितको निधन भएको छ ।
मेचीनगर कोभिड संक्रमण नियन्त्रण कार्यदल संयोजक नवीन बरालले दिएको जानकारी अनुसार मेचीनगरमा थप दुई पुरुष संक्रमितको निधन भएको हो ।
मृत्यु हुनेमा वडा नम्बर ४ का ४८ बर्षीय पुरुष र वडा नम्बर ९ का ७५ बर्षीय पुरुष रहेका छन् ।
वडा नम्बर ४ का पुरुषको मंगलबार साँझ मेची अञ्चल अस्पताल भद्रपुर र वडा नम्बर ९ का पुरुषको बुधबार विहान ९ः३० बजे बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा निधन भएको हो ।
मृतक दुबैको अहिले धुलावारीस्थित स्थानीय राम घाटमा दाहसंस्कार भइरहेको बरालले जानकारी दिए ।
दुई संक्रमितले ज्यान गुमाउँदा मेचीनगरमा कोरोना संक्रमणपछि निधन हुने संख्या ४८ पुगेको छ ।
यो संख्या कोरोनाको दोस्रो लहर चलेयता मात्र रहेको छ ।

