झापा, साउन २९ । झापाको व्यापारीक केन्द्र विर्तामोडमा रहेको एउटा कपडा पसलमा केहीबेरअघि आगो लागेको छ । एक्सेल विकास बैंकसँग जोडिएको कपडा पसलमा आगो लागेको प्रहरीले जनाएको हो।

थापा मार्केटमा रहेको ऋद्धिसिद्धी वेयर कलेक्सनमा आगो लागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो । व्यवसायी सूर्य अधिकारीले उक्त पसल सञ्चालन गर्दै आएका थिए ।
बिर्तामोड र मेचीनगर नगरपालिकाको वरुण यन्त्रले केहीबेरअघि आगो नियन्त्रणमा लिइसकेको छ । आगलागीको कारण खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

विद्युतीय चुहावटका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । आगलागीका कारण कपडा पसल पूर्णरुपमा जलेकाे छ । क्षतिको थप विवरण भने प्राप्त हुन बाँकी छ ।

