संघ \संस्था

नेपाल जेसीज एरिया ए को तालिम प्रतिष्ठानको उद्घाटन

बाहुण्डाँगी, साउन २९ । विश्व युवा दिवशको अवसर पारेर हिजो (विहिबार( धरानमा नेपाल जेसीजको क्षेत्र ‘क’ तालिम प्रतिष्ठानको उद्घाटन भएको छ ।
धरान जेसीजको अध्यक्ष मणिराज अधिकारीको सभापतित्वमा कार्यक्रमको प्रमुख अतिथी रहेका नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले धरान–३ स्थीत धरान जेसीज सचिवालयमा स्थापित उक्त प्रतिष्ठानको उद्घाटन गरेको हो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथी खनालले उक्त तालिम प्रतिष्ठानले क्षेत्र ‘क’ लाई तालिममय बनाउन आग्रह तथा सुझाव प्रदान गरे यसैगरी उनले त्यसका लागि तालिम प्रतिष्ठानलाई आवश्यक पर्ने सामाग्री तथा साथ सहयोग प्रदान गर्ने समेत बताए ।


कार्यक्रममा नेपाल जेसीज क्षेत्र ‘क’ का निरुपित कार्य कारिणी उपाध्यक्ष अरुणकुमार दाहालले उक्त प्रतिष्ठानद्धारा क्षेत्र ‘क’ का विभिन्न शाखाहरुमा प्रभावकारी तालिम संचालन गर्दै कुशल प्रशिक्षकहरु समेत उत्पादन गर्नुपर्ने बताए।
यसैगरी नेपाल जेसीजको ४ वटा क्षेत्र मध्ये क्षेत्र ‘क’ को लागि धरान जेसीजले तालिम प्रतिष्ठानको सचिवालय संचालन गर्ने अवसर प्राप्त गरेकोमा धरान जेसीजकी तालिम निर्देशक सन्जु राई ९सुमित्रा०ले नेपाल जेसीजलाई धन्यबाद प्रदान गरिन् ।


कार्यक्रममा पूर्व राष्ट्रिय अध्यक्ष तथा अन्तराष्ट्रिय उपाध्यक्ष राजबिमल श्रेष्ठ, नेपाल जेसीज क्षेत्र ‘क’ का निरुपित उपाध्यक्ष प्रमिसा काफ्ले, नेपाल जेसीजका उपाध्यक्षहरु बिमला सुबेदी ९कार्की०, सुनिल तिम्सिना, राष्ट्रिय तालिम आयुक्त मनिष श्रेष्ठ, धरान जुनियर जेसीजका अध्यक्ष साहिल भुजेललगायतका राष्ट्रिय पदाधिकारी, धरान जेसीजको पूर्व अध्यक्षहरु तथा पदाधिकारीहरु र धरान जुनियर जेसीजका पदाधिकारीहरुको उपस्थीती रहेको थियो ।