मेचीनगर, भदौ १२ । झापाको मेचीनगर नगरपालिकामा हिजोबाट सुरू भएको भेरोशेल खोपको दोस्रो मात्रा आज र भोलि पनि लगाउने कार्यतालिका रहेको छ ।
यसअघि भेरोसेल खोपको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा बसेका ९ हजार २ सय नगरबासीलाई हिजोबाट दोस्रो डोजको खोप प्रदान गर्न सुरू गरिएको नगरपालिकाले जनाएको छ ।
नगरमा यसअघि साउन १२ गतेबाट १५ गतेसम्म भेरोशेल खोपको पहिलो मात्रा लगाइएको थियो । सोहि अवधिमा खोप लगाएका नागरिकलाई नगरपालिकाले शुक्रबार, शनिबार र आईतवार गरेर तीन खोप प्रदान गरेको हो । आज मेचीनगरका २, ६, १० र १४ नम्बर वडाका नागरिकलाई खोप लगाउने कार्य तालिमका रहेको नगरपालिकाले जनाएको छ ।

खोप कार्यक्रममा खोप लगाउन आउँदा यसअघि पहिलो डोज लगाएको खोप कार्ड अनिवार्य गरिएको छ ।

