झापा, भदौ २० । झापामा ट्रक (लरी)को ठक्करबाट एक महिलाको मृत्यु भएको छ।
साइकलमा सवार ती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
शिवसताक्षी नगरपालिका ८ निवासी ३३ वर्षीया सुनिमा राई (लिम्बु)को मृत्यु भएको हो।
प्रहरीका अनुसार पूर्व पश्चिम राजमार्ग अन्तर्गत शिवसताक्षी- ११ स्थित झिलझिलेमा शनिवार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र-२ -०३-००१ ख ४२३० नम्बरको ट्रक (लरी) ले साइकल यात्री राईलाई ठक्कर दिएको थियो।
दुर्घटना परी गम्भीर घाइते भएकी राईलाई उपचारका लागि बिर्तामोड पठाउने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

