मेचीनगर, भदौ २३। नेपाली काँग्रेस मेचीनगरको सभापति पदमा युवा नेता एवम् नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधि योगेन थापामगरले उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
मेचीनगरमा लोकप्रिय जनप्रतिनिधिको छवि बनाएका मेचीनगर ५ का वडाध्यक्ष थापामगरले काँग्रेसले दिएको विभिन्न जिम्मेवारी पुरा गरिसकेका छन् ।

युवा पुस्तामा लोकप्रिय नेताका रुपमा परिचित थापामगर सरल र मिजासीलो स्वभावका काँग्रेसमा सम्भावना बोकेका नेतामा पर्छन् ।
‘अहिलेसम्मको क्रियाशिलता र पार्टी संगठनमा काम गरेको योग्यताकै आधारमा नगर सभापतिको उम्मेद्वार बनेको योगेन थापामगरले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।

काँग्रेसलाई बलियो बनाउँदै जनताको बिचबाट काँग्रेसलाई पहिलो पाटी बनाउन पनि आफुले नगर सभापतिको उम्मेद्वारी दिएको बताउदै उनले सबैलाई सहयोग गर्न आग्रह गरे ।

