झापा, भदौ २३ । तिज मनाउन माईत आएकी झापाको मेचीनगर नगरपालिकाकी एक चेली हात्तीको आक्रमणबाट घाइते भएकी छिन् ।
मेचीनगर १३ चारआली स्थित सिग्देल गाउँमा मंगलबार राति १२ बजे आएको हात्तीले घर भत्काउदा माईति घर आएर आफ्नो बच्चा सग सुतिरहेकी रेजिना घिमिरे नेपाल घाईते भएकी हुन् ।

हात्तीको आक्रमणबाट घाइते भएकी उनको कानमा चोट लागेर स्थानीय मनकामना अस्पतालमा उपचार भइरहेको मेचीनगर १३ का वडाध्यक्ष कृष्णराज सिग्देलले जानकारी दिए ।

