राजनीति

बेरूजु र भ्रष्टाचारका विरूद्व झापामा विप्लव निकट युवा संगठन नेपालकाे विरोध प्रदर्शन

झापा, भदौ २२ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट युवा संगठन नेपालले झापाको कचनकवलमा बेरुजु तथा भ्रष्टाचारका विरूद्व प्रदर्शन गरेको छ ।

आज युवा संगठन नेपालकाे आयोजनामा जिल्लाकाे सबैभन्दा बढि बेरुजु रहेकाे कचनकवल गाउँपालिका स्थित चाेक तथा बजारमा नारा जुलुस सहित युवा संगठन नेपालले विरोध प्रदर्शन गरेको हो ।

गाउँपालिकाकाे मुलगेटबाट शुरू भएको प्रदर्शन तथा विरोध र्‍यालि मुख्य चाेक तथा बजार हुँदै पुनः गाउँपालिकाकाे गेटमा आएर कोणसभामा परिणत भएको थियोे ।

र्‍यालिमा भ्रष्ट जनप्रतिनिधि मुर्दावाद, राष्ट्रघाती एमसिसी सम्झौता खारेज गर, जयसिंहकाे हत्याकाे विषयमा उचित छानबिन गर , भ्रष्टाचारीलाई कारबाही गर लगायतका नाराहरू लगाइएको थियोे ।

विरोध प्रदर्शन पश्चात् युवा संगठन नेपालले कचनकवल गाउँपालिकाकाे मुख्य प्रवेशद्वारमा कालो ब्यानर समेत टाँगेकाे छ ।

कोणसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी झापाका सचिवले जनतालाई हिजो झुठो आश्वासन दिएर चुनाव जितेकाहरूले आज घात गरेको भन्दै भ्रष्ट जनप्रतिनिधि र कर्मचारीलाई पार्टीको नेतृत्वमा झापाली जनताले जनकारबाही गर्ने चेतावनी दिए। उनले भ्रष्टाचारमा लिप्त भएर जनताले तिरेको करलाई दुरुपयोग गर्नेहरू कारबाहीको भागेदार रहेकाे भन्दै २० हजारकाे जुत्ता नभएर पाँच रूपैयाँका टीका बन्न जनप्रतिनिधिहरूलाई सुझाव दिए।

उनले भाेलिका दिनदेखि उक्त कालाे ब्यानर हेरेर मात्रै जनप्रतिनिधिहरू कार्यलय प्रवेश गर्न आग्रह गर्दै अर्कोपटक पुनः कालाे ब्यानर लिएर आउने परिस्थिति नबनाउन सुझाव दिएका छन्।

त्यस्तै उक्त कोणसभामा बाेल्दै युवा संगठन नेपाल झापाका संयोजक विज्ञानले भ्रष्ट जनप्रतिनिधिहरूलाई जुनसुकै हालतमा जनकारबाही गर्ने चेतावनी दिएका छन्,।

कोणसभा पश्चात् युवा संगठन नेपालले कचनकवल गाउँपालिकाकाे मुख्य प्रवेशद्वारमा कालो ब्यानर समेत टाँगेकाे छ ।

जिल्लाका १५ पालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिएको पालिकामा कचनकवल गाउँपालिका रहेको सार्वजनिक प्रतिवेदनमा उल्लेख गरिएको थियोे ।

कचनकवलको कूल लेखा परीक्षण रकम रु एक अर्ब १९ करोड ४३ लाख ९५ हजारको ६.०६ प्रतिशत रकम अर्थात रु सात करोड २३ लाख २१ हजार बेरुजु देखिएको थियोे ।