संघ \संस्था

धनकुटा लेडीद्धारा कोरोना संक्रमितलाई खाजा वितरण

बाहुण्डाँगी ।“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो“ मूलर्ममलाई आत्मसाथ गर्दै धनकुटा लेडी जेसीद्वारा औद्योगिक ग्रामस्थित कोभिड अस्पतालमा उपचारार्थ कोभिड संक्रमितहरुलाई खाजा वितरण गरेको छ । संस्थाका अध्यक्ष विसिका श्रेष्ठले सो खाजा हस्तान्तरण गर्नु भएको थियो ।

धनकुटामा पनि हाल कोभिड–१खाजा वितरण गएिको हो् । ९ को संक्रमण तीव्र रुपमा फैलिदै गएको छ । हाल सो कोभिड अस्पतालमा १० जना कोभिड संक्रमित विरामीहरुको उपचार भैरहेको जिल्ला अस्पतालका निमित्त प्रमुख डा. पुजन विश्वकर्माले जानकारी दिनु भयो ।

कोभिड –१९ बाट संक्रमित विरामीहरुलाई केहि राहत होस् भनेर सानो सहयोग वरुप खाजा वितरण गरिएको जेसीका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सो अवसरमा अध्यक्ष श्रेष्ठले अहिले दोस्रो भेरियन्टका संक्रमण फैलिएको र विगतको भन्दा संक्रमणदर बढेर भयावह अवस्थामा पुगेकोले सुरक्षित रहन आग्रह गर्दै अति आवश्यक काममा मास्क लगाएर मात्र बाहिर जान आग्रह गरेका छन् । उहाँले लेडि जेसी मानवताको सेवाका लागि सधै क्रियाशील रहने प्रतिवद्धता जनाउनु भयो ।