खेलकुद

साफमा उपविजेता बनेको नेपाली फुटबल टोली काठमाडौं आइपुग्याे, बाजागाजा सहित स्वागत

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा उपविजेता बनेको नेपाली टोली काठमाडौं आइपुगेका छन् । नेपाली राष्ट्रिय खेलाडी र अफिसियलहरुको टोली आज बिहान साढे १० बजे काठमाडौंमा अवतरण गरेको हो ।

नेपाली फुटबल टोलीलाई विमानस्थलमा बाजागाजा सहित स्वागत गरिएको थियो । उनीहरूको स्वागतको लागि खेलकुद मन्त्री महेश्‍वर जंग गहतराज पनि विमानस्थल पुग्नुभएको थियो ।

मालदिभ्सको राजधानी मालेमा शनिबार बेलुका भएको फाइनल खेलमा भारतसँग ३-० पराजित भएपछि नेपाल उपविजेतामा सीमित बनेको थियो । साफको इतिहासमा नेपाल पहिलोपटक फाइनलमा पुगेको थियो ।

नेपाललाई फाइनलसम्म पुर्याउन सफल मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भने नेपाल फर्किने कि नफर्किने भन्ने विषयमा पछि निर्णय लिने बताएका छन् । नेपालले फाइनलमा स्थान बनाएलगत्तै अलमुताइरीले साफ च्याम्पियनसिप सकिएपछि नेपाल छाड्ने घोषणा गरेका थिए ।