खेलकुद

साफ उपविजेता नेपाली टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय

काठमाडौं। सरकारले साफ उपविजेता नेपाली फुटबल टिमका सदस्यलाई प्रतिव्यक्ति ५ लाख दिने निर्णय गरेकाे छ।

आज बसेका मन्त्रिपरिषद बैठकले यस्ताे निर्णय गरेकाे हाे। युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजकाे प्रस्तावमा क्याविनेटले निर्णय गरेकाे एक मन्त्रीले समाचार दैनिकलाई जानकारी दिए।

माल्दिभ्समा सम्पन्न साफ फुटबलमा नेपालले इतिहास रच्दै फाइनलसम्मकाे यात्रा तय गरेकाे थियाे । फाइनल भिडन्तमा भने नेपाल भारतसंग पराजित भएकाे थियाे।

साफमा नेपालले गरेकाे प्रदर्शनकाे उच्च प्रशंसा गर्दै मन्त्री गहतराज आज खेलाडीलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए। त्यस्तै प्रशिक्षकहरुलाई पनि जनही ३ लाख दिने निर्णय भएको उहाले बताउनुभयो ।