बाहुण्डाँगी । कात्तिक ८ गतेबाट सुरु भएको तुलसीपुरनगर जेसीजको जेसीज सप्ताह शनिवार सम्पन्न हुँदैछ । रक्तदान कार्यक्रम गर्दै उद्घाटन भएको कार्यक्रमको दोस्रो कार्यक्रम स्लो बाइक रेस, विद्यालयमा प्राथमिक उपचार, लेखाविधि कर, र लेखापरिश्रण विषयक अभिमुखीकरण तथा अन्तकृया कार्यक्रम, अब आउने तेस्रो कोभिडबाट बच्चाहरुलाई कसरी बचाउने कार्यक्रम गरेको शाखाले शनिवार मिनि म्याराथुन र वातावरण संरक्षण विषयक अन्तकृया कार्यक्रमको आयोजनाका साथ सम्पन्न हुने शाखाका अध्यक्ष नेत्रलाल भट्टराईले बताउनु भयो । यस क्षेत्रको सामाजिक काममा सक्रिय यस संस्थाले यस वर्ष मात्र दुई वटा अवार्ड समेत प्राप्त गरिसकेको छ ।







