
काँकरभिट्टा । लियो क्लव अफ मेचीनगरको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । उक्त क्लवका अध्यक्ष अभिजित दवाडीको अध्यक्षता एवं लायन्स क्लव अफ मेचीनगरका चार्टड प्रेसिडेन्ट शंकर थापाको प्रमुख आतिथ्यतामा बैठक सम्पन्न भएको हो ।
त्यसक्रममा प्रमुख अतिथि थापा, विशिष्ट अतिथि लायन्स क्लव अफ मेचीनगरका अध्यक्ष सन्तोष आचार्य, विशेष अतिथि क्लवका सेकेण्ड भिपी गंगालाल गुरुङ, क्लवका ट्रेजरर प्रविण थापालगायतले शुभकामना मन्तव्य राखेका थिए ।
सो अवसरमा विशेष अतिथि लियो जोन भि वानका चेयर पर्सन रुपेश भण्डारी, लियो क्लव अफ विर्तामोडका अध्यक्ष रुपेश भण्डारी, लायन्स क्लव अफ मेचीनगरका फस्ट भिपी मोहन मैनाली, सेक्रेटरी नवराज प्रधान, बोर्ड मेम्बर सजित तामाङलगायतको आतिथ्यता थियो ।
उक्त बैठकमा लियो जोन भि वानका चेयर पर्सन रुपेश भण्डारीले लियोका बारेमा प्रशिक्षण प्रदान गरेका बताइएको छ । आयोजक क्लवका फस्ट भिपी सन्तोष धमलाले स्वागत गरेको बैठकको सञ्चालन सचिव आशिष पौडेलले गरेका थिए ।


