

झापा । झापाको मेचीनगरमा यसअघि भेरोशेल खोपको पहिलो डोज लगाएका नागरिकलाई सोमबार, मंगलबार र बुधबार गरी तीन दिन दोस्रो डोज लगाइने भएको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार यसअघि असोजको दोस्रो साता भेरोशेलको पहिलो डोज लगाइएको थियो । त्यसबेला चिया बगानका मजदुर, विभिन्न संघसंस्थाका कर्मचारी लगायतलाई खोप लगाइएको थियो भने वडा वडाबाट पनि खोप प्रदान गरिएको थियो ।
कुन वडामा कहिले खोप कार्यक्रम ?
यस्तै नगरको स्वास्थ्य शाखाका अनुसार सोमबार हिजो वडा नं १, ३, ५, ६, ८, ९, १०, १२ र १३ नं वडाका नागरिकलाई खोप लगाइयो । आज मंगलबार २, ४, ६, ७ , ९, ११, १४ र १५ नं वडामा खोप लगाइनेछ ।
यसैगरि मंसिर १ गते भोलि ५, ७, ८, ४ र १५ नं वडामा खोप प्रदान गरिनेछ ।


