खेलकुद

स्वीट्जरल्यान्ड विश्वकपमा छनोट, इटाली पराजित

काठमाडौं । युरो च्याम्पियन इटालीलाई पन्छाउँदै स्वीट्जरल्याण्डले आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ को लागि स्थान पक्का गरेको छ।

युरोपियन छनोटको अन्तिम खेलमा बुल्गेरियामाथि ४–० को सानदार जित निकाल्दै स्वीस्ट्जरल्याण्ड विश्वकपमा सोझै छनोट भएको हो।

गएराति नै भएको अर्को खेलमा युरो च्याम्पियन इटाली नर्दन आयरल्याण्डसँग गोलरहित बराबरीमा राकिएपछि स्वीट्जरल्याण्ड समूह ‘सी’ को विजेता हुँदै विश्वकपमा छनोट भएको हो ।

स्वीट्जरल्याण्डलाई जिताउन घरेलु मैदानमा नोआओकाफोर, रुवेन भार्गस, सेडरिक इटेन र रेमो फ्रिउलरले गोल गरे।

यो जितपछि स्वीट्जरल्याण्डले समूह ‘सी’ मा ८ खेलबाट १८ अंक जोड्यो। पराजित बुल्गेरिया ८ अंक जोडेर चौथो स्थानमा रह्यो। यस्तै १६ अंक जोडेर दोस्रो स्थानमा रहेको इटालीले विश्वकपमा स्थान बनाउन अब प्ले अफ खेल्नुपर्ने भएको छ।

स्वीटजरल्याण्डसँगै हालसम्म कतार विश्वकपमा १० टिम सोझै छनोट भएका छन्। आयोजकको नाताले कतार पनि छनोट भइसकेको छ।

छनोट हुने टिम

  • कतार- आयोजक
  • जर्मनी- युरो छनोट (समूह जे विजेता)
  • डेनमार्क- युरो छनोट (समूह एफ विजेता)
  • ब्राजिल-
  • फ्रान्स- युरो छनोट (समूह डी विजेता)
  • बेल्जियम- युरो छनोट (समूह ई विजेता)
  • क्रोएसिया- युरो छनोट (समूह एच विजेता)
  • स्पेन-युरो छनोट (समूह बी विजेता)
  • सर्विया-युरो छनोट (समूह ए विजेता)
  • इङ्ल्याण्ड- युरो छनोट (समूह आई विजेता)
  • स्वीटजरल्याण्ड- युरो छनोट (समूह सी विजेता)