झापा । झापामा यात्रुबाहक बस दुर्घट्ना हुदाँ १ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । जिल्लाको कन्काई नगरपालिका ८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत बिरिङ पुलमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ५ ख ८०४१ नं को बस दुर्घट्नामा परेको हो ।
आज मध्यान्ह साँढे १२ बजे बसको पत्ती भाँचिएर अनियन्त्रित भइ उत्तर तर्फको रेलिङमा ठोक्किदा दुर्घट्ना भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
दुर्घट्नामा परि अन्दाजी २५ बर्षिय पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा विर्तासिटि अस्पताल विर्तामोडमा उनको मृत्यु भएको हो । मृतकको पहिचान भने खुल्न नसकेको प्रहरीको भनाई छ ।
यस्तै घाइतेमध्ये ११ जनाको बि एण्ड सि अस्पताल र ९ जनाको बिर्तासिटि अस्पतालमा उपचार भइरहेको जनाइएको छ । साथै घाइतेमध्ये ९ जनाको अवस्था गम्भिर रहेको पनि प्रहरीले जानकारी दिएको छ ।
बस चालक सुनसरीको बराहा नगरपालिका ३ का बाबुराम कार्कीलाई ईलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको छ भने दुर्घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

