बाहुण्डाँगी । नेपाल जेसीजको आशन्न ४८ औँ राष्ट्रिय महाधिवेशनको पूर्व तयारीका बारेमा राष्ट्रिय अध्यक्ष सिनेट अरुणेश्वर खनाल स्थलगत अवलोकन गर्नु भएको छ । पोखरा जेसीजको आतिथ्यतामा यहि पुष १ देखी ४ गतेसम्म पोखरामा हुन लागेको महाधिवेशनको तयारीका बारमा आतिथ्यता शाखाका पदाधिकारीहरुसँग अन्तक्रिया तथा महाधिवेशन स्थलको अवालेकन गर्नु भएको हो ।

पोखराको प्रर्दशनी केन्द्रमा हुने महाधिवेशनको तीब्र तयारी भइरहेको र यसलाई सफल बनाउन सबै क्षेत्रबाट सहयोग प्राप्त भइरहेको शाखाका अध्यक्ष इ किरण केसीले बताउनु भयो ।
अवलोकनपछि हाम्रो खबरपाटीसँग कुरा गर्दै राष्ट्रिय अध्यक्ष खनालले पोखरा महाधिवेशनको तयारीले आफु सन्तुष्ट रहेको बताउँदै सबै साथीहरुले कामलाई तीब्रता दिएको बताउनु भयो । साथै उहाँले यो महाधिवेशन उत्कृष्ट हुने समेत बताउनु भयो ।

देशकै पर्यटकीय नगरी पोखरा महाधिवेशनमा सहभागि अन्य वर्षहरु भन्दा धेरै रहने भएकाले त्यहि अनुसार तयारी गरिरहेको पूर्व अध्यक्ष शिव सुवेदीले बताउनु भयो ।

सो अन्तक्रिया तथा अवलोकनका क्रममा महाधिवेशनका निर्देशक तथा शाखाका पूर्व अध्यक्ष सिनेटर इश्वरप्रसाद कर्मचार्य, क्षेत्र ख का कार्यकारीणी उपाध्यक्ष भोजराज चापागाई, नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर रविन्द्र गुरुङ, नेपाल जेसीजका कानुनी सल्लाहकार गोकुल सापकोटा, नेपाल जेसीजका तालिम आयुक्त मनिष श्रेष्ठ, २०२२ का राष्ट्रिय अध्यक्षका प्रमुख सल्लाहकार अशोक कोइराला , निरुपित उपाध्यक्ष दिपेन्द्र निरौला, शाखाका पूर्व अध्यक्ष शिव सापकोटा, शिव सुवेदीलगायतको सहभागिता रहेको थियो ।

