झापा। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)को अर्जुनधारा नगर कमिटी गठन भएको छ । अर्जुन मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । साथै युवा सघ नेपाल मनोज खनालको अध्यक्षता गठन गरिएको छ ।
कार्यक्रम पार्टी केन्द्रीय कमिटी सदस्य तथा झापा सह इन्चार्ज लोकबन्धु कन्दङ्वाको प्रमुख अतिथ्यतामा पुराना किसान नेता देबि बरालको अध्यक्षतामा भएको थियो ।

अग्रज कम्युनिस्ट नेता अम्बिका खतिवडाले सन्चालन युवा नेता होम दुलालको स्वागत मन्तब्यमा भएको कार्यक्रममा खेलकुद महासङ्घका केन्द्रीय सदस्य धर्म सिवाकोटी, युवा सङ्घ नेपालका केन्द्रीय सचिब प्रत्युस राना, झापा पार्टी अध्यक्ष बेदराज रेग्मी, पार्टी नेता प्रेमसागर सापकोटा, प्रचार बिभाग प्रमुख तथा समाजवादी प्रेस संगठनका केन्द्रीय उपाध्यक्ष तीर्थ सिग्देल, युवा सङ्घ केन्द्रीय सदस्य दुर्गादेवी थापा, राजन थापा, बिर्तामोड नगरका अध्यक्ष श्री सिटौला र युवा संघ झापाका अध्यक्ष सुनिल थापा र किसान महासंघका केन्द्रीय सदस्य टन्क पराजुलीको आतिथ्यता रहेको थियो ।
नगर कमिटिलाई पार्टी अध्यक्ष बेदराज रेग्मीले र युवा सङ्घका पधादिकारीलाई केन्द्रीय सदस्य दिपक दुलालले सपथ ग्रहण गराएका थिए ।

