राजनीति

झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थाल्योः विप्लव

इलाम । आफ्ना नेता कार्यकर्ता सहित इलामको श्रीअन्तु पुगेका नेपाल कम्युनिस्ट पार्टिका महासचिब बिप्लवले मंगलबार बिहान इलामको श्रीअन्तु बाट सुर्योदयकाे अवलोकन गरेका छन् । सुर्योदय हेर्दै उनले यो झुल्के घाम जस्तै पुर्वबाट क्रान्ती झुल्किन थालेको अनुभूति भएको उल्लेख गरेका थिए । सोमबार सांझ अन्तु पुगेका उनी सहितको २२ जनाको टोलि अन्तुका होटल व्यवसाहिहरुको स्वागत पछि त्यंहीको एक होटलमा बास बसेका थिए ।

उनि सहित पार्टिका केन्द्रीय सचिवालय सदस्य हेमन्त प्रकाश ओलि सुदर्शन, केन्द्रीय कार्यलय सचिब असल खड्का, पार्टिका केन्द्रीय सदस्यहरु सुमन लिम्बू, जोखिम बोहोरा, सुमनसिंह र सल्लाहकार सदस्य होम खतिवडा पनि साथै थिए ।

मंगलबार बिहानको सुर्योदय अवलोकन पछि उनी सहितको टोलिलाइ स्थानिय पर्यटन ब्यवशायी युवाहरुले स्वागत र अभिनन्दन गरेका थिए । अभिनन्दन गर्दै उनिहरुले महासचिब बिप्लवलाई श्रीअन्तुको सडक र ब्यवस्थापनमा समस्या रहेको गुनासो राखेका थिए । स्थानिय ब्यवशायीहरुको बिचमा बोल्दै बिप्लवले श्रीअन्तुले अथाह पर्यटनको संभावना बोकेको बतांउदै यसको प्रवर्दनमा आफ्नो पुर्ण सहयोग रहने बताए । अन्तु भ्रमण सकेर उनी मंगलबार ८:३० बजे फिक्कल तर्फ लागेका थिए ।