संघ \संस्था

जेसीज अभियान मार्फत कुशल युवा नेतृत्व उत्पादन गर्न सकिन्छ

जेसी नेत्रलाल भट्टराई ( नारायण )
(अध्यक्ष – २०२१ तुल्सिपुरनगर जेसिज )
हामीले युवा भन्नाले करिब १७÷१८ बर्ष देखि ३५÷४० बर्ष सम्मका उमेर समुहका तरुणहरुलाइ बुझ्दछौ। नेपालको सन्दर्भमा राष्ट्रिय युवा परिषद् ऐन २०७२ तथा राष्ट्रिय युवा निति २०७२ ले १६ देखि ४० बर्षको उमेर समूहलाई युवा भनेर निर्धारण गरेको छ । यस्तै विभिन्न देशहरूले भिन्न भिन्न उमेर समूहलाई युवा भनेर परिभाषित गरेका छन् । युवा जीवनको यस्तो उमेर हो, जहाँ व्यक्तिमा साहस, सिर्जनाशिलता, नयाँ दृष्टिकोण, विशेष सिक्ने क्षमता भएको तथा उच्च आत्मविश्वास सहितको हुन्छ । यि सबै प्रकारका गुणहरु एउटै अवस्थामा देखापर्ने हुनाले मानव जीवनकै सर्वाधिक उर्जाशिल समयको रूपमा युवा अवस्थालाई लिइन्छ । सोही अनुरूप आम जनताले आशा र भरोसा गर्ने उमेर पनि यहि हो । तर विडम्बना हामी युवाहरूमा केवल उमेर देखियो तर सकारात्मक सोचको कमि भयो, सहनशीलता, हरेक कामकुराहरुलाई सहज रुपमा लिन सक्ने, नयाँ नयाँ खोज अनुसन्धान गर्न तर्फ युवाहरू लागेको खासै देखियन। युवाहरु आफ्नै कारणले मात्रै पछी परेको भने पक्कै होईन । राजनीतिक परिवर्तनको अग्रमोर्चामा रहँदै आएका युवाहरूलाई राजनीतिक परिवर्तनपछि सधै भूमिका विहिन बनाईयो प्रयोग मात्रै गरियो भन्ने भनाइ आम युवाहरुमा ब्याप्त छ। युवालाई भविष्यको नेतृत्वकर्ता भन्दै मुलधारको राजनीतिबाट बञ्चित गराउने, वर्तमानमा युवाको अस्तित्व अस्वीकार गर्ने र भविष्यको सपना देखाएर सधै बिदेशी मुलुकमा पठाउने मनोवृत्ति पाका कहलियका नेतृत्वमा पक्कै देखियको छ । तर नेपाली जनताले २०६२÷६३ को जनआन्दोलन पछि राजतन्त्रको विदाई गरी नेपाल देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालमा प्रवेश गराएसँगै युवाहरूकै जोडबलमा निमार्ण गरेको स्थानीय, प्रदेश र संघीय सरकार गरी तिन तहको सरकारमा युवाहरुले खासै राम्रो अवसर पाएको देखिदैन । यसर्थ युवालाई प्रयोग परिचालन मात्रै गर्नुभन्दा सहि तरिकाले नेतृत्व प्रदान गर्दै विशेषगरि उत्पादनका अवसरका क्षेत्रहरुमा लगाउन सकेमात्रै देशले खोजेको बिकास र समृद्धि सम्भव होला ।
कुनैपनी देशको मुख्य पूँजी भनेको त्यस देशको सक्रिय युवा जनशक्ति नै हो । एउटा देशको विकास कति हुने भन्नेमा उक्त देशका सक्रिय युवाहरू के कति कस्तो भुमिकामा छन भन्ने कुरामा निर्भर रहन्छ अर्थात कति युवाहरु उत्पादनमा जोडिएका छन भन्ने कुराले ठुलो अर्थ राख्दछ। हाम्रा युवाहरू देश भित्र आफुमा भएको सीप, दक्षता, क्षमता र योग्यताका आधारमा आफ्नै सिर्जनशिल तरिकाले उत्पादनमा जुट्ने हो भने समृद्ध नेपाल निर्माणका लागि विदेशी सहायता पर्खेर बसिरहन सायद पर्दैन । तर राजनीतिक पार्टीहरूले युवा नेतृत्व छान्दा देश, जनताको लागि हरपल सहयोग गर्न तत्पर रहने, उत्पादन मार्फत स्वरोजगार सृजना गर्ने भन्दा पनि ‘व्यक्ति गुलामी’ गरी धेरै सम्पत्ति कमाउन सक्ने र नेतृत्वको चाकडी गर्नेलाई नेतृत्वमा स्थापित गर्ने परिपाटी देखिन्छ । यस्तो युवा नेतृत्व राष्ट्रका लागि राम्रो पक्कै हुदैन । सफल नेतृत्वको सपना देख्ने युवाहरूले आफुमा नेतृत्वका लागि चाहिने हरेक गुणहरूको पनि विकास गर्नु जरूरी हुन्छ । युवा नेतृत्व अवसर तथा चुनौती दुवै हो तर हाम्रो नेतृत्व तहमा भएकाहरूले चुनौतीको पर्खाल भत्काउन तत्परता देखाउदैनन् केवल अवसरको पछि मात्र दौडिरहेको देखिन्छन् । हामीले युवाहरुले पनि आफुले भोग्नुपरेका चुनौतीका थुप्रै कुरा गर्यौ तर आफुभित्रका सम्भावनालाई खोजी कहिल्यै गरेनौ । तसर्थ अब युवाहरु उमेरले मात्रै युवा होईन कि सोच, चिन्तन, दृस्ठिकोण, अध्ययन, सहनशीलता आदि सबै दृस्ठिकोणबाट युवा हुन जरुरी छ।
अब कुरा गरौं जेसिज अभियानले प्रदान गर्ने युवा नेतृत्वको बारेमा, सर्बप्रथम त जेसीज भनेको १८ देखि ४० बर्ष समुहका युवाहरुको नेतृत्व विकास गर्ने विश्वव्यापी अन्तर्राष्ट्रिय संस्था हो अर्थात यो प्रत्यक्ष रुपमा सामाजिक संस्था होईन । जेसिजको केन्द्र विन्दु व्यक्ति नै हो । सामान्य अवस्थामा जन्म जात कोही पनि सक्षम वा असक्षम भन्ने हुदैन । प्रत्येक मानिस भित्र आफ्नै प्रतिभा हुन्छ र उक्त प्रतिभालाई प्रस्फुटन गराउन उपयूक्त वातावरण तथा अवसरको आवश्यकता पर्दछ । जेसीज अभियानले आफना सदस्यहरुलाई आवश्यकता अनुसारका उपयूक्त अवसरहरु उपलब्ध गराएर उनिहरुमा भएको अन्तरनिहित प्रतिभालाई प्रस्फुटन गराई तिनिहरुको व्यक्तित्वको विकास गरी नेतृत्व दिन सक्षम बनाई एक असल नागरिक बनाउने प्रयत्न गर्दछ । प्रत्यक्ष रुपले युवा नेतृत्व उत्पादन गरि नेतृत्व स्थापित गर्ने जेसीज पहिलो संस्था हो । मानवता सेवा नै जिवनको सर्बोत्तम कार्य हो भन्ने मुल मन्त्र लाई आत्मसात गर्ने जेसीजले मानविय विकासमा बढि जोड दिएको छ किन भने सक्षम मानिसहरुको विकास हुन सकेमा मात्रै समाज र राष्ट्रको विकास हुन्छ । जेसीजले समाजको निमित्त सक्षम एवं असल व्यक्तित्वको निमार्ण गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपले समाजको विकासमा लगाउछ । बास्तबमा साधन श्रोतको क्षेत्रमा जति सुकै सम्बृद्ध भए पनि त्यसको परिचालन गर्ने सक्षम व्यक्तित्वको नेतृत्व भएन भने नतिजा नकारात्मक नै आउने गर्दछ।
जेसिजमा प्रदान गरिने तालिम, प्रशिक्षणले युवाहरुमा प्रभावकारी निर्णय गर्ने क्षमता, प्रजातान्त्रिक एवं प्रभावकारी रुपमा बैठक संचालन गर्नुका साथै बैठकमा प्रस्तुत हुने क्षमता, प्रभावकारी भाषण गर्ने क्षमता, उत्पादनमा जोडिने उत्प्रेरणा, प्रभावकारी लेखन क्षमता, संगठन गर्ने क्षमता, प्रभावकारी जनसम्पर्क, भाइचाराको सम्बन्ध स्थापित गर्ने क्षमता, ब्यबसाय प्रदर्शन÷ मार्केटिङ गरि बिक्रि बिस्तार गर्न सक्ने क्षमता आदि क्षमताहरुको बिकास गराउछ। यी यस्ता सम्पूर्ण विषयहरुको सम्बन्धमा जेसीजमा प्रशिक्षण उपलब्ध गराईन्छ । प्रशिक्षण मार्फत सिकेका ज्ञान र सीप व्यवहारिक रुपमा प्रयोग गर्न जेसीज भित्र विभिन्न अवसरहरु उपलब्ध गराईन्छ जुन अन्य संस्थामा बिरलै हुन्छ । जेसीज १८ देखि ४० बर्षका युवाको विश्वव्यापी विश्वविद्याल
ल्बचबथबल
ल्बचबथबल द्यजबततबचबष्
हो जहाँ युवाहरूलाई विभिन्न क्षेत्रहरु जस्तै ब्यक्तिगत, सामाजिक, व्यावसायिक तथा अन्तर्राष्ट्रिय क्षेत्र सङ्ग सम्बन्ध स्थापमा गरेर सिक्ने प्रकृयाबाट व्यक्तित्व र नेतृत्व क्षमताको विकास गराईन्छ । यस अर्थमा पनि जेसीज अभियानले आफ्नो छुट्टै पहिचान बनाएको छ । यस्तो पहिचान भएको अन्य कुनै संस्था छैन। यो संस्थाको आफैमा एउटा विशिष्ट पहिचान छ । औपचारिक स्कुल, विश्वविद्यालयहरुबाट प्राप्त गर्न नसकिने कतिपय ज्ञान जेसीज मार्फत प्राप्त गर्न सकिन्छ । म १८ बर्ष उमेर पुगेका सम्पुर्ण युवाहरुलाइ जेसिज अभियानमा जोडियर जेसिजले प्रदान गर्ने तालीम, प्रशिक्षण, कार्यक्रम मार्फत आफ्नो ब्यक्तीत्व बिकास , नेतृत्व बिकास, सामाजिक प्रतिस्ठामा वृद्धि, ब्यबसायिक सफलता तथा रास्ट्रिय अन्तरास्ट्रिय सम्बन्ध स्थापना गरि एउटा असल नागरिक बन्न सम्पुर्ण युवाहरूलाई हार्दिक अपिल पनि गर्दछु।
लेखक भट्टराई नेपाल जेसीजका लागि २०२२ का राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार हुन् ।