अर्थ

भद्रपुरको मेची कपास उद्योगमा आगलागी, लाखौँको क्षति

भद्रपुर । भद्रपुर नगरपालिका–५ स्थित मेची कपास उद्योग र मायङ्क स्टोर्समा आगलागी हुँदा लाखौँ मूल्य बराबरको क्षति भएको छ ।विद्युत् सर्ट भएर सोमबार साढे ३ बजे उद्योगमा आगलागी भएको बताइएको छ । आगलागीबाट सात लाख मूल्य बराबरका इलेक्ट्रिक मोटर पार्टसहित मेसिन जलेको छ भने एक लाख ५० हजार मुल्य बाराबरको क्षति भवनमा भएको सञ्चालक मदन सहनीले जानकारी दिए ।

उनका अनुसार उद्योगमा रहेको कच्चा तथा पक्का सामान चार लाख र विद्युतीय सामान एक लाख बराबरको क्षति भएको सञ्चालक सहनीले बताए । विद्युतको भोल्टेज अत्यधिक आएपछि अचानक उद्योगमा आगलागी भएको उनको भनाई छ । आगो भद्रपुर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको बताइएको छ ।