बाहुण्डाँगी । बागलुङ जेसीज बर्ष २०२२ को शाखा अध्यक्षमा प्रकाश आचार्य निर्विरोध निर्वाचित हुनु भएको छ ।
बागलुङ जेसीजको बार्षिक साधारणसभा तथा ४४ औ शाखा अधिवेसनले आचार्यको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । यसअघि महासचिव रहनु भएका आचार्य बागलुङ जेसीजको ४४ औ अध्यक्षको रुपमा निर्वाचित हुनु भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा अञ्जिला श्रेष्ठ र सुराज शाक्य, उपाध्यक्षमा सन्तोष कार्की, बलराम कँडेल, कुशल कँडेल, राहुल केसी, निर्देशकमा निकेश खड्का र आयुष्मा रेग्मी चयन हुनु अधिवेसन निर्देशक सुरेन्द्र शाक्यले जानकारी दिनुभयो ।
अध्यक्षले मनोनित गर्ने महासचिवमा गणेश महतो, कोषाध्यक्षमा बिन्द्रा कार्की सोनी र तालिम संयोजक सौरव श्रेष्ठलाई चयन गरिएको र सहसचिव, सहकोषाध्यक्ष एवँ अन्य पदहरु पदस्थापन समारोहमा घोषणा गरिने अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
शुक्रवार र शनिवारसम्म संचालन भएको बार्षिक साधारणसभा तथा ४४ औ शाखा अधिवेसनको उद्घाटन म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवँ बागलुङ जेसीजका बिशिष्ठ सदस्य राजेन्द्र आचार्यले गर्नु भएको थियो ।
समापन समारोह बागलुङ जेसीज बर्ष २०२१ का शाखा अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, निवर्तमान अध्यक्ष सुरेन्द्र शाक्यको स्वागत र महासचिव प्रकाश आचार्यको संचालनमा सम्पन्न भएको थियो ।

