बाहुण्डाँगी । खाँडादेवी जेसीजको दोस्रो अध्यक्षमा सम्झना श्रेष्ठ निर्वाचित हुनु भएको छल ।
शनिवार सम्पन्न शाखाको पहिलो अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । संस्थापक महासचिवमा रहेर शाखालाई स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएकी श्रेष्ठ दोस्रो अध्यक्ष बन्ने सौभाग्य प्राप्त गर्नु भएको छ ।
युवा उद्यमी होमराज श्रेष्ठको संस्थापक अध्यक्षमा स्थापना भएको यो शाखाले रत्ननगर महाधिवेशनबाट सम्भावित, भलबारी महाधिवेशनबाट प्रस्तावित हुँदै यस वर्ष पोखरामा सम्पन्न ४८ औँ महाधिवेशनबाट शाखा पूर्ण स्वीकृत भएको थियो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा गुणराज श्रेष्ठ र सरिता श्रेष्ठ, उपाध्यक्षहरुमा दिपक राउत, रामकुमार श्रेष्ठ, रेश्मा श्रेष्ठ र सुजन श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष श्रेष्ठले महासचिवमा विनोद श्रेष्ठ, कानुुनी सल्लाहकारमा होमबहादुर खत्री र कोषाध्यक्षमा विपिनराज श्रेष्ठलाई मनोनित गर्नु भएको छ ।

शाखाका संस्थापक अध्यक्ष होमराज श्रेष्ठको सभापतित्व तथा मातृ शाखाका निवर्तमान अध्यक्ष मुकुन्द दाहालको सहभागितामा अधिवेशन सम्पन्न भएको थियो । कार्यक्रमको सञ्चालन महासचिव सम्झना श्रेष्ठले गर्नु भएको थियो ।

