संघ \संस्था

कालिको जेसीजको अध्यक्षमा मेनुका थापा निर्वाचित

बाहुण्डाँगी । कालिका जेसीजका लागि २०२२ को अध्यक्षमा मेनुका थापा निर्वाचित हुनु भएको छ ।
मंगलवार सम्पन्न शाखाको तेस्रो शाखा अधिवेशनले थापालाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । संस्थापक सदस्य थापा २०२१ को बोर्डमा कार्यकारीणी उपाध्यक्षमा रहेर आफ्नो जिम्मेवारी बहन गरिसक्नु भएको अनुवभी व्यक्ति हुनुहुन्छ । रत्ननगर महाधिवेशनबाट प्रस्तावित भएके कालिकाले भलबारी महाधिवेशनबाट पूर्ण रुपमा स्वीकृत पाएको थियो । यो सँगै थापा संस्थाका लागि तेस्रो अध्यक्ष बन्ने सौभाग्य समेत प्राप्त गर्नु भएको छ ।


यसैगरी संस्थाको कार्यकारीणी उपाध्यक्षमा निरन्जन सापकोटा र सुमित्रा अधिकारी, उपाध्यक्षहरुमा शान्ती अर्याल, सुशिल कोइराला, विश्वनाथ दाहाल, र योजना न्यौपाने निर्वाचित भएका निर्वाचन समितिका संयोजक तथा बीसहजार जेसीजका पूर्व अध्यक्ष सन्तोष मजाकोटीले बताउनु भयो ।
अन्य पदहरुमा भने पदहस्तान्तरण समारोहमा मनोनित गरिने २०२१ का अध्यक्ष सन्देश रेग्मीले बताउनु भयो ।
शाखाका अध्यक्ष सन्देश रेग्मीको सभापतित्व तथा नेपाल जेसीज २०२१ का अध्यक्ष सिनेटर अरुणेश्वर खनालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मानर्थ सदस्य शिवप्रसाद शर्मा, शाखाका संस्थापक अध्यक्ष नगेन्द्र तिम्सिनालगायतले संस्थाले छोटो समयमा समाजमा पारेको प्रभाव तथा प्रगतिका बारेमा प्रशंसा गर्नु भएको थियो ।
स्मरण रहोस २०२१ मा यस शाखाले नेपाल जेसीजबाट दुइ वटा अवार्ड प्राप्त गर्न सफल भएको थियो ।