संघ \संस्था

मनोहरा जेसीजको नेतृत्व दिनेश अर्याललाई

बाहुण्डाँगी । मनोहरा जेसीजको अध्यक्षमा युवा समाज सेवी दिनेश अर्याल निर्वाचित भएका छन । मनोहरा जेसीजको बार्षिक साधारणसभा तथा छैठौं शाखा अधिवेसनले अर्यालको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो । यसअघि कार्यकारिणी उपाध्यक्ष रहेका अर्याल मनोहरा जेसिजको छैठौं अध्यक्षको रुपमा निर्वाचित भएका हुन् ।

शाखाको छैठौं अधिवेशनले अर्याललाइ अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको मनोहरा जेसिजका बर्ष २०२१ का अध्यक्ष सागर रोक्काले जानकारी गराए । शाखाको कार्यकारीणी उपाध्यक्षमा जेसी सुजीन प्रकास थापा र जेसी तुलसा आचार्य , उपाध्यक्षमा जेसी बिध्या खड्का ,जेसी पावल बज्राचार्य ,जेसी गरिमा भुषाल रजेसी स्मारिका रिजाल निर्वाचित भएका छन् । यसैगरी नवनिर्वाचित अध्यक्ष अर्यालले महासचिवमा जसी प्रमिला चपाई, कोषाध्यक्षमा जेसी उमेश भट्टराईलाइ मनोनयन गरेका छन ।