संघ \संस्था

रमाइलो जेसीजको चौथो अध्यक्षमा त्रिभूनाथ फुयाँल निर्वाचित

बाहुण्डाँगी । रमाइलो जेसीजका लागि २०२२ को अध्यक्षमा त्रिभूनाथ फुयाँल निर्वाचित हुनु भएको छ । शाखाको चौथो बार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले फुयाँललाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । पथरी जेसीजको मातृत्वमा स्थापना भएर रत्ननगर महाधिवेशनबाट पूर्ण स्वीकृत भएको यो शाखाका लागि फुयाँल चौथो अध्यक्ष बन्न सफल भएका छन् । हिमप्रसाद तिम्सिना संस्थापक रहेको शाखामा दोस्रो अध्यक्षमा सुमन अधिकारी तेस्रो अध्यक्षमा भानु फुयाँलले शाखाको सफल नेतृत्व गरिसकेका छन् ।
कार्यकारिणी उपाध्क्षय मनोज अधिकारी र चन्द्र कुमार मगर (राजु) सचिवमा, सुनिल श्रेष्ट ,उपाधक्ष्यहरुमा दिपक फूयल, अनिल रिजाल, मनिष न्यौपाने, कमल आचार्य निर्वाचित भएका निवर्तमान अध्यक्ष सुमन अधिकारीले बताउनु भयो ।
कार्यक्रम शाखाका अध्यक्ष भानु फुयाँलको सपभातित्वमा सम्पन्न भएको थियो ।