लमजुङ जेसिज वर्ष २०२२ को अध्यक्षमा प्रेम बहादुर गुरुङ निर्वाचित हुनुभएको छ ।
सोमबार साँझ सम्पन्न लमजुङ जेसिजको ११ औँ अधिबेशन तथा १२ औँ वार्षिक साधारण सभाले अध्यक्षमा प्रेमबहादुर गुरुङलाई सर्वसम्मत निर्वाचित गरेको हो । बर्ष २०१८ बाट लमजुङ जेसिजमा आवद्ध हुनुभएका गुरुङ वर्ष २०२२ का लागि अध्यक्षमा चिर्वाचित हुनुभएको हो ।
अध्यक्ष पदमा ३ जनाको उमेद्वारी परेको थियो । अन्त्यमा बाँकी २ जनाले गुरुङलाई समर्थन गरेपछि उहाँ सर्वसम्मत वर्ष २०२२ को लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षका उमेदवार आइसा मिया र सन्तोष श्रेष्ठले आफ्नो उमेदवारी फिर्ता लिएर गुरुङलाई समर्थन गरेको बताउनुभएको छ ।
यसैगरि अधिबेशनबाट वर्ष २०२२ का लागि कार्यकारीणी उपाध्यक्षमा विक्रम घले, रोशन खतिवडा चिर्वाचित हुनुभएको छ । उपाध्यक्षमा सुनिल घले, प्रतिकजंग तामाङ र शुसील रेग्मी निर्वाचित हुनभएको निर्वाचन आयुक्त एवं लमजुङ जेसिज वर्ष २०२० का शाखा अध्यक्ष रहमतदिन मियाँले बताउनुभयो । यसैगरी निर्वाचित अध्यक्ष गुरुङले वर्ष २०२२ का लागि महासचिवमा विष्णु उपाध्याय, कोषाध्यक्षमा नारायण सेढाइँ र कानुनी सल्लाहकारमा सन्तोष श्रेष्ठलाई मनोनित गर्नुभएको छ । अधिबेशनबाट नयाँ सर्वसम्मत नयाँ नेतृत्व चयन गरिएको र पदस्थापन कार्यक्रम मार्फत निर्वाचित कार्यसमितिलाई सपत ग्रहण गराई पद हस्तान्तरण गरिने वर्ष २०२१ का महासचिव देवेन्द्र गुरुङले बताउनुभयो ।
नवनिर्वाचित अध्यक्ष गुरुङले बर्ष २०२२ लाई उत्कृष्ट वर्ष बनाउने प्रतिवद्धता गर्नुभएको छ । लमजुङ जेसिजलाई थप उचाईमा पु¥याउनका लागि आफूले कार्ययोजना बनाएर अगाडि बढ्ने बताउनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई पूर्व अध्यक्ष राजु अर्याल, सुरेशकुमार प्रधान, अनुज अधिकारी र पायल शर्माले बधाई तथा शुमकामना व्यक्त गर्नुभएको थियो । पूर्व अध्यक्षहरुले जेसिज विशुद्ध गैरराजनीतिक, युवाहरुको नेतृत्व र व्यक्तित्व विकास गर्ने अन्तर्राष्ट्रिय संस्था भएकाले यसको गरिमालाई उच्च बनाउन संस्थाभित्र राजनीति नगर्न सुझाव दिनुभएको छ ।

