बाहुण्डाँगी । पाल्पा(जिल्लाको सामाजिक कार्यमा सकृय रहेको सस्था पाल्पा जेसिसले मेहलधारामा सचिवालयको उद्घाटन गरेको छ । शुक्रबार आयोजित जेसिजका पदाधिकारीहरूद्वारा निर्मित सचिवालयको उद्घाटन नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले र सस्थाका सस्थापक अध्यक्ष जेसी छत्रराज शाक्यले संयुक्त रूपमा उद्घाटन गर्नुभएको हो ।
नवनिर्मित सचिवालयको उद्घाटन जेसिजका सन २०२१ का अध्यक्ष राजिव श्रेष्ठको विशेष भुमिकामा सस्थाका पदाधिकारीहरूले रकम संकलन गरि निर्माण गर्नुभएको हो ।
कार्यक्रममा नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीले जेसिजले स्थापनाको समय देखि नै सामाजिक क्षेत्रका आर्थिक विपन्न एवम समाजमा कम अवसर पाएका व्यक्ति एवम समुदाय समक्ष पुगी विभिन्न सामाजिक कार्यहरू सञ्चालन गर्दै आएको बताउनुभयो । समाजिक कार्य गर्नका लागि स्थापित सस्थाले पाल्पा जिल्लामा आफ्नै सचिवालय उद्घाटन गर्न सफल भएकोमा जिल्लालाई शुभकामना व्यक्त गर्नुभयो । जेसिजले देशका धेरै जिल्लाहरूमा शाखा विस्तार गरेको र उक्त शाखाहरू मार्फत समाजमा सामाजिक कार्यका साथसाथै सस्थाका पदाधिकारीहरूको व्यक्तत्व एवम नेतृत्व विकासमा टेवा पुर्याउने गरि विभिन्न क्षमता अभिवृद्धि कार्यक्रम मार्फत नेतृत्व वृद्धिमा समेत टेवा पुर्याउने गरि कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । सस्थाको स्थापना गर्नु मात्र ठुलो कुरा नभई सस्थाको अस्तित्व एवम पहिचान टिकाइ राख्नु ठुलो कुरा भएकोले जेसिजको अस्तित्व जोगाई राखी सामाजिक कार्य गर्न सस्थाका पदाधिकारीहरूलाई आर्गह गर्नुभयो ।
कार्यक्रममा सस्थापक अध्यक्ष छत्रलाल शाक्यले जेसिजले स्थापना काल देखि पाल्पाका विभिन्न क्षेत्रहरूमा कार्य सञ्चालन गर्दै आएको बताउनुभयो । सामाजिक कार्य गर्नका लागि शुरूवात चरणमा युवाहरू संगठित भइ स्थापित भएको सस्था हाल आफै सचिवालय उद्घाटन गर्न सफल भएकोमा सस्थाका वर्तमान अध्यक्ष एवम पदाधिकारीहरूलाई बधाई ज्ञापन गर्नुभयो । साथै आगामी दिनमा जेसिजले जिल्लाका आर्थिक विपन्न भएका व्यक्ति एवम समुदायलाई केन्द्रित गरि कार्यहरू सञ्चालन गरि सामाजिक कार्यमा अग्रसर हुन आर्गह गर्नुभयो ।
कार्यक्रममा सन २०२१ का अध्यक्ष राजिव श्रेष्ठले जेसिजले विगत लामो समयको प्रयास पश्चात् सचिवालय निर्माण गर्न सफल भएको बताउनुभयो । सस्थाका पदाधिकारीहरूद्वारा संकलित करिब १० लाख लागतमा उक्त सचिवालय निर्माण गरिएको बताउनुभयो । सचिवालयमा स्थापना काल देखि हाल सम्मका अध्यक्षहरूको तस्बिरहरू फ्रेम गरेर राखिएको छ । सस्थाले आगामी दिनमा पदाधिकारीहरूको नेतृत्व वृद्धि गराउने र समाजमा कम अवसर पाएका एवम आर्थिक अवस्था कमजोर भएका व्यक्ति एवम समुदाय समक्ष पुगी सामाजिक कार्यहरू अगाडि बढाउने बताउनुभयो ।
कार्यक्रममा पाल्पा उधोग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, नेपाल जेसिज २०२२ अध्यक्षका सल्लाहकार हरिष भट्टराई,जेसिसका पुर्व अध्यक्ष राजिव शाह,हेमन्त राज शाक्य,मिलन मुनि शाक्य,शेरचन शाक्य,राजिव शाक्य,बुद्धि प्रसाद शर्मा लगाएत सस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । सचिवालय निर्माण पाल्पा सिविआरका पुर्व अध्यक्ष एवम तानसेन वडा न ४ का पुर्व वडा अध्यक्ष स्वर्गीय राजेन्द्र मुनि शाक्यको स्मृतिमा निर्माण गरेको हो ।
कार्यक्रममा स्वागत मन्तव्य जेसि अर्जुन कार्की र पाल्पा जेसिसका महासचिव दिपेन्द्र बराल सञ्चालनमा सम्पन्न भएको थियो ।

