संघ \संस्था

बिराटनगर जेसीजको ४९ औँ अध्यक्ष देवचन्द्र घिमिरे

बाहुण्डाँगी । बिराटनगर जेसिजको ४९ औ अध्यक्षमा सन २०२२का लागि अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन । २०२१ मा बरिष्ठ कार्यकारीणी पदमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएका घिमिरे नेपाली कांग्रेस मोरगका युवा नेताका रुपमा सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा , कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल , तालिम निर्देशकमा प्रवेश दुलाल , उपाध्यक्ष मा स्वरुप खनाल , मिलाप कर्ण , दिपा शाह , अमित अग्रवाल र जनसम्पर्क अधिकारीमा निरज ढकाल निर्वाचित भएका छन ।

महासचिब कोषाध्यक्ष कानुनी सल्लाहकार लगायतका बाँकी पदहरु पदस्थापनाको दिन अध्यक्षले मनोनित गर्न पाउने ब्यबस्था रहेको नवनिर्वाचित अध्यक्ष देवचन्द्र घिमिरेले बताए।

विराटनगर जेसिजलाई आगामी दिनमा समाजमा देखिने सुनिने र सबैले सम्झने किसिमको बनाउनलाई आगामी दिनमा आफ्नो ध्यान केन्द्रित हुने र समाजसँग जेसिज कार्यक्रम मार्फत समाज सङ्ग सङ्गै अघि बढ्ने नवनिर्वाचित अध्यक्ष देवचन्द्र घिमिरेले बताए ।।

त्यस्तै विराटनगर जेसिजका बर्तमान अध्यक्ष जेसि आइ सिनेटर प्रदिप दाहालले चाडै नै पदस्थापना कार्यक्रम सन्चालान गरि पद हस्तान्तरण गरिने जानकारी दिए । आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा आफ्नो साथ विराटनगर जेसिजलाई रहने र आफू हातेमालो गर्दै अघि बढ्न तयार रहेको जानकारी दिए ।

निर्वाचन प्रक्रियामा विराटनगर जेसिजका पुर्व अध्यक्ष , विराटनगर जेसिज बर्ष २०२१ को बोर्ड , विराटनगर जेसिजका सदस्यहरु , विभिन्न संघ सस्थाबाट पाल्नु भएका प्रतिनिधिहरु , पत्रकार ,समाजसेवि लगायतको उपस्थित रहेको थियो ।

एक ब्यक्ती एक कार्यकाल र एक पद रह्ने र हरेक बर्ष निर्वाचन प्रकृया बाट नया बोर्ड गठन हुने प्रावधान रहेको र सोही प्रावधान बमोजिम निर्वाचन प्रक्रियाबाट नयाँ बोर्ड गठन भएको नवनिर्वाचित जनसम्पर्क अधिकारी निरज ढकालले बताए ।