बाहुण्डाँगी । बुटलव लेडी जेसीजका लागि २०२२ कि नवनिर्वाचित अध्यक्ष अनुपमा श्रेष्ठले आफ्नो पदभार ग्रहण गर्नु भएको छ । बिहिवार सम्पन्न शाखाको २६ औं पदस्थापन तथा पुरस्कार वितरण समारोहकाबिच श्रेष्ठले औपचारिक रुपमा कार्यभार सम्हाल्ने जिम्मेवारी प्राप्त गर्नु भएको हो ।
२०२१ की अध्यक्ष शर्मिला रानाको गलामा भएको जेसीज चेन जेसीज संस्कार अनुसार पूर्व अध्यक्षहरुले नवनिर्वाचित अध्यक्ष श्रेष्ठको गलमा पहिर्याइदिएका थिए ।

यस अघि भएको शाखा अधिवेशनले अध्यक्ष श्रेष्ठसहित कार्यकारीणी उपाध्यक्षमा प्रभा गौतम र वेदना पाण्डे निर्वाचित हुनु भएको थियो भने सोही भेलामा अध्यक्षले कानुनी सल्लाहकारमा कमला लम्साल ,महासचिव संगीता ढकाल,कोषाध्यक्षमा बसन्ता घिमिरे,उपाध्यक्षमा पुनम पन्त,सोनम पाठक,नुमकली राहदी,साबित्रा जिसी,सहसचिबमा सपना ज्ञवाली र सहकोषाध्यक्षमा शुस्मा घिमिरेलाई चयन गर्नु भएको थियो ।
निर्वाचित तथा मनोनित सबैलाई सपथ ग्रहण गराएको थियो ।

बुटवल लेडी जेसीजको २६ औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको पहिलो सत्र बुटवल लेडी जेसीज वर्ष २०२१ का अध्यक्ष जेसी शर्मीला राना एवं दोस्रो सत्र वर्ष २०२२ का अध्यक्ष जेसी अनुपमा श्रेष्ठ ज्यूको अध्यक्षता साथै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर लालमणी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भण्डारीले महिलाहरुले नेतृत्व गरेका हरेक सामाजिक संघ संस्थाले सामाजिक रुपमा फरक पहिचान बनाएको र समाजलाई सकारात्मक प्रभाव पार्दै आएको बताउनु भयो । उहाँले बुटवल लेडीले २५ वर्षको इतिहासमा थुप्रै नेतृत्व उत्पादन गरेर बुटवल नगरलाई हस्तान्तरण गरिसकेको बताउँदै यो नगर समृद्ध बन्नमा बुटवल लेडीको समेत उत्तिकै भूमिका रहेको् बताउनु भयो । साथै उहाँले वर्ष भरी यस शाखालाई हरेक अभियानमा साथ र सहयोग गर्दै अघि बढ्ने बताउनु भयो ।

कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं क्षेत्र घ का लागि निरुपित कार्यकारिणी उपाध्यक्ष अनिल बहादुर शाहीको बिशिष्ट आतिथ्यता साथै नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष एवं बुटवल लेडी जेसीजका लागी निरुपित उपाध्यक्ष सन्दीप अग्रहरी, बुटवल उध्योग बाणिज्य संघ का अध्यक्ष उज्ज्वल कसजु, रुपन्देही व्यापार संघ रुपन्देहीका कोषाध्यक्ष मणी खनालको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा बुटवल लेडी जेसीजका संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, मातृशाखा बुटवल जेसीजका अध्यक्ष, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारी तथा पूर्व राष्ट्रिय पदाधिकारीहरू, मातृशाखाका पूर्व अध्यक्षहरु, पदाधिकारी, छिमेकी शाखाका अध्यक्ष, बिभिन्न संघसंस्थाका अध्यक्ष एवं प्रतिनिधी, गरिमामय उपस्थिती रहेको थियो ।

