काठमाडौं । ‘सक्कीगोनी’का हाँस्यकलाकार अर्जुन घिमिरे (पाँडे)लाई मातृशोक परेको छ । लामो समयदेखि ग्रिनी सिटी हस्पिटलमा उपचारत उनकी आमाको आज बिहान साढे १ बजे उपचारका क्रममा निधन भएको हो ।
लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् ।
अर्जुनले आफ्नी आमाको जन्मदिन समेत अस्पतालको बेडमै मनाएका थिए । उनले, आमाको उपचार विधी निक्कै जटिल भएपनि उपचार भने भैरहेको उल्लेख गरेका थिए । ग्रिन सिटीमा उपचार भएको करिब १० महिनापछि उनकी आमाको आज बिहान निधन भएको हो ।

