खेलकुद

ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ। आईसीसी टी-२० विश्वकप ग्लोबल छनोट ‘ए’ मा नेपालले घरेलु टोली ओमानविरुद्ध सानदार जित निकाल्दै प्रतियोगितामा उत्कृष्ट सुरुवात गरेको छ।

शुक्रबार ओमनस्थित अल अमेरत क्रिकेट मैदानमा घरेलु टोली ओमानलाई ३९ रनले पराजित गर्दै नेपालले उत्कृष्ट सुरुवात गरेको हो। १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली ओमानले निर्धारति २० ओभरको खेलमा मात्र १८ ओभरमा आफ्ना सबै विकेट गुमाउँदै मात्र ७८ रन जोड्यो।

ओमानलाई सस्तैमा समेट्न नेपालका लागि कमलसिंह ऐरी एक्लैले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी दुई/दुई तथा अविनाश बोहोरा र जितेन्द्र मुखियाले समान एक/एक विकेट हात पारे । ओमानका लागि विकेट किपर ब्याट्सम्यान नासिम खुशीलले २४ रन जोडे ।

नेपालका लागि कप्तान सन्दीप लामिछाने र दिपेन्द्रसिंह ऐरी दुई/दुई तथा अविनाश बोहोरा, जितेन्द्र मुखिया र कमल ऐरीले समान एक/एक विकेट हात पारे ।

यसअघि अल अमेरत क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ८ विकेट गुमाउँदै ११७ मात्र बनाएको थियो। नेपालका लागि सर्वाधिक अरिफ शेखले ३८ रनको योगदान दिए भने कप्तान सन्दीप लामिछानेले १६ रन बटुले।

खेलको सुरुमै खराब सुरुवात गरेको नेपालले सुरुवाती ४० रन जोड्दा ४ विकेट गुमाएको थियो । यसअघि आब्बल साबित हुँदै आएका ओपनरद्वय आशिफ शेख, कुशल भुर्तेल सुरुमै आउट हुँदा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वउपकप्तान दिपेन्द्रसिंह ऐरी पनि सस्तैमा समेटिन पुगे।

पहिलो ओभरमै ओपनर आशिफ शेखलाई ४ रनमा गुमाएको नेपालले अर्का ओपनर कुशल भुर्तेल ५ रनमा गुमायो । केही सम्हालिएर खेल्दै गरेका ज्ञानेन्द्र मल्लले १५ रन बनाए भने ऐरीले ११ रन जोडे ।

यसपछि नेपाली इनिङ्सलाई उकास्दै गरेका लोकेश बम व्यक्तिगत १६ रन बनाएर आउट भए । १६ औं ओभरको अन्तिम बलमा विवेक यादव ७ रन बनाएर आउट हुँदा कमल सिंह ऐरीले १ रन मात्र बनाए।

ओमनका लागि खावर अलिले सर्वाधिक ३ विकेट लिए भने बिलाल खानले २ विकेट हात पारे । अब नेपालले आफ्नो दोस्रो खेल भोलि फिलिपिन्ससँग खेल्ने छ ।