बाहुण्डाँगी । जेसिज अभियानका गतिविधि, बिधिको शाषन, सकारात्मक र सभ्य समाज निर्माणमा युवाको भुमिका लगायतका बिषयबस्तु समेटिने गरी दमक जेसिजले साप्ताहिक रुपमा आधा घण्टाको रेडियो कार्यक्रम शुरु गर्ने भएको छ ।
दमक जेसिजका अध्यक्ष सुयोग खरेल र हिमशिखर मीडिया प्रा.लि. का अध्यक्ष ध्रुव न्यौपाने बीच कार्र्यक्रमको बिषयमा सम्झौता भएको हो । खरेलका अनुसार कार्यक्रममा नेतृत्व विकास, ब्याक्तित्व विकास लगायतका बिषयहरु पनि समेटिनेछन् ।
https://www.facebook.com/photo?fbid=10159983831093514&set=a.10150269709743514
प्रत्येक शनिबार बिहान ८ देखि ८ः३०, साँझ ५ः३० देखि ६ बजेसम्म कार्यक्रम सञ्चालन हुने पनि जनाईएको छ । दमक जेसिजमा नयाँ नेतृत्व आएसंगै आफ्ना गतिविधिहरुलाई सक्रियताका साथ अघि बढाईरहेको छ ।
हिमशिखर एफ।एम। र दमक जेसिजको सहकार्यलाई उपलब्धि मूलक बनाउनका लागि आफुहरु लागि पर्ने दमक जेसिजको महासचिव निरज आचार्यले बताएकाछन् । सम्झोता अनुसारको पहिलो कार्यक्रम सुरु भइसकेको छ ।

