संघ \संस्था

कलैया सिटिको स्वास्थ्य शिविरमा १०२ को स्वास्थ्य जाँच

बाहुण्डाँगी । कलैया सिटिको आयोजनामा एक दिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । मदेश प्रदेश प्रहरी अस्पताल रुपनी सप्तरीको प्राविधिक सहयोगमा भएको शिविरमा १०२ जनाले प्रत्यक्ष स्वास्थ्य लाभ लिएको छन् । शिविरमा डेन्टल, अर्थाेपेडिक, फिजिसियन, छाला सम्बन्धी परिश्रण गरिएको थियो । साथै स्वास्थ्य परिश्रणपछि सबैलाई निशुल्क औषधी वितरण गरिएको थियो ।


अस्पतालका प्रमुख तथा नेपाल प्रहरीका डिएसपी सुरेन्द्र शाहको प्रमुख आतिथ्यता तथा शाखाका अध्यक्ष सन्दिप बरैको सभापतित्वमा सम्पन्न कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष सम्भु गुप्ता, पूर्व अध्यक्षहरु धनिलाल सराप, बृजकिशोर कुशावह, विपिन चौधरी, वडा नम्बर २ का वडा अध्यक्ष राजेश महतोलगायत बोर्डका पदाधिकारीहरुको सहभागिता रहेको थियो । निवर्तमान अध्यक्ष शम्भु गुप्ताले स्वागत गरेको कार्यक्रमको सञ्चालन पवन कुशवाहले सञ्चालन गर्नु भएको थियो ।